काठमाडौं–नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको हो ।


ADVERTISEMENT


तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ ।