काठमाडौं–सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् ।


ADVERTISEMENT


गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको विज्ञहरु बताउँछन् ।


ADVERTISEMENT

# # #


फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर ह्यान्डल प्रयोगकर्ताले केही दिनयता नेपाली वेबसाइट ह्याक गरेको भन्दै ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।

‘पिनोय लुजसेक’ नाम दिइएको यो ह्यान्डलले मात्रै दुई दर्जन वेबसाइट प्रभावित पारेको देखिन्छ । यो ट्वीटर ह्यान्डलले राहदानी विभागको वेबसाइट ह्याक गरी डाटाबेस नै सार्वजनिक गरिदिएको छ ।

सरकारी कार्यालयका वेबसाइट बनाउने बेला सुरक्षाका सामान्य उपायसमेत नअपनाइएकोले यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘रिगो टेक्नोलोजी’ का प्रमुख प्राविधिक अधिकृत विजय लिम्बू सरकारी वेबसाइटमा मात्रै नभएर ती वेबसाइट होस्ट गरिएका सर्भरमा पनि समस्या देखिएको बताउँछन् । – आजको कान्तिपुरबाट