काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुर्याल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल) लाई आज नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


फोरम लोकतान्त्रिकको कोटामा राजदूत भएकी ‘म्यानपावरवाली’ शर्मिलाको नाम पनि फिर्ता हुने चर्चा थियो । तर, फोरम लोकतान्त्रिकको दबावपछि सरकारले नाम फिर्ता लिन सकेन र उनी राजदूत नियक्त भएकी हुन् ।


ADVERTISEMENT

# # #


सरकारले गत फागुन ९ गते १४ देशका लागि राजदूतको नाम सिफरिस गरेको थियो । जसमा सर्मिला पराजुली ओमनका लागि सिफरिस  भएकी थिइन् ।