काठमाडौं – नेपालमा रगत जाँच्ने भरपर्दो उपकरण नहुँदा संकलन गरेको रगतबाट रगतजन्य रोग सर्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।


ADVERTISEMENT


राजधानीमा भएको एक कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले पछिल्लो समय रगतबाट सर्ने रोग बढी देखिन थालेको बताए । उनले भने, “कुनै रोगबाट संक्रमण भएको व्यक्ति ठिक भयो र त्यो व्यक्तिले २ देखि ३ महिनाभित्रमा रक्तदान गर्यो । तर त्यो भाइरस शरीरमा हुनसक्छ ।”


ADVERTISEMENT

# # #


कतिपय अवस्थामा ४ देखि ७ दिनभित्रको ‘विन्डो पिरियड’मा रोगका भाइरस देखा नपर्ने उनले बताए । त्यो समयमा रक्तदान गरे त्यस्तो रगत परीक्षण गर्ने भरपर्दो मेसिन सबै ब्लड बैंकमा राख्नुपर्ने डा. कोइरालाको भनाइ छ ।

त्यसैगरी, थालेसिमिया रोगका बिरामीलाई जीवनभर रगत दिनुपर्ने र औषधी सेवन गरिरहनुपर्ने चिकित्सकहरुले बताएका छन् । सानो उमेरमा डेढ महिनामा १ पटक रगत दिनुपर्ने तर वयष्कमा हप्तामा २ पटक रगत दिनुपर्ने थालेसिमिया सोसाइटीका दुर्गा पाठकले बताए । उनले भने, “जोकोहीले पनि विवाह गर्ने उमेरमा एक पटक रगत जाँच गनुपर्ने हुन्छ । नेपालमा ४ प्रतिशत थालेसिमियाका रोगका बिरामी छन् ।”

नेपालमा २ लाख युनिट रगत वर्षमा संकलन हुने गरेको छ । तर, २ लाख रगत पनि दातामा आत्मनिर्भर हुनुपरेको हेमोफिलिया सोसाइटीका अध्यक्ष दुर्गा शाक्यले बताए । उनले भने, “नेपालमा भएका कुल जनसंख्याको २ प्रशितले मात्र रक्तदान गर्ने गरेका छन् । कुल जनसंख्याको ४० प्रतिशतले रक्तदान गरे कहिलेै पनि रगत अभाव हुँदैन ।”