झापा – हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको साविक काभ्रे–५ घर भइ हाल झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भनिने श्यामकृष्ण सार्की छन् ।


ADVERTISEMENT


उनलाई इलाका प्रहरी कार्यालय, अनारमनीले सोमबार पक्राउ गरेको हो । उनलाई बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले बताए ।


ADVERTISEMENT

# # #


‘उनीबाट हालसम्म ७ जना पीडित भएको खुलेको छ’, उनले भने, ‘उनले मोबाइलबाट समेत र्‍यान्डम्ली कल गरेर केटीले उठाए अश्लिल गाली गर्ने र भेट्न बोलाउने नभेटे फेक आईडी बनाएर हैरानी दिने गरेको उजुरी परेपछि नियन्त्रणमा लिएका हौं ।’

प्रहरीका अनुसार उनी एक सार्वजनिक यातायातमा ‘कन्डक्टर’ को रुपमा कार्यरत् थिए । उनले ९८०५३९७४९८ नम्बरको सीमबाट युवतीहरुलाई आतंकित बनाइरहेका थिए ।

उनले त्यो सीम कार्ड समेत ‘फेक’ आईडी प्रयोग गरेर लिएका थिए । उनीमाथि सार्वजनिक अपराध ऐन, २०२७ अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।