पोखरा–प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा ९माओवादी केन्द्र०का दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बनेका हुन् ।


ADVERTISEMENT

# # #


चारवटै समितिका सभापतिलाई आज सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।