काठमाडौं–चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । शनिबार राति शीर्षस्थानमा रहेको चेन्नईलाई रोमाञ्चक खेलमा ८ विकेटले हराउँदै मुम्बई छैठौं स्थानमा उक्लिएको छ । सातौं खेलमा ५मा विजयी भएको चेन्नईको हार पछि पनि शीर्ष स्थानमा कायमै छ ।


ADVERTISEMENT


१ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी छँदै २ विकेट गुमाएर आवश्यक रन जोडेका थियो। उसका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङस् खेले। उनले ३३ बलमा ६ चौका र २ छक्कासहित नटआउट ५७ रन बनाए। त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडेका थिए।


ADVERTISEMENT

# # #


हार्दिक पाण्डेया १३ रनमा अविजित रहे। चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। उसका लागि सुरेश रैनाले अविजित रहँदै ७५ रन बनाए। ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।

रैना र ओपनर अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। रायडुले ४६ रन र कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे। शेन वाट्सन १२ रनमा आउट भए । मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए।

आज आइपिएलमा दुई खेल हुनेछन्। पहिलो खेलमा राजस्थान रोयल्सले सनराइज हैदारावादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंलोरले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ।