काठमाडौं । नेपाली कांग्रेसका साँसद मोहम्मद अफ्ताब आलमले नेपालमा गाई हत्या गर्न नहुने बताएका छन् । रौतहट क्षेत्र नम्बर २ बाट चार पटक सम्म प्रत्यक्ष निर्वाचित साँसद आलमले देशमा साम्प्रदायिकता कायम राख्नुपर्ने बताउँदै गाई काट्न नहुने बताएका हुन् ।


ADVERTISEMENT


‘देशमा साम्प्रदायिक सद्भाव भड्कन दिनु हुँदैन, यस्लाई कायम राख्नुपर्छ’ मुस्लिम संघ नेपालको दोश्रो महाधिबेशनकै अवसरमा काँग्रेस केन्द्रीय कार्यालय सानेपाबाट उनले भने ‘नेपालमा गाई हत्या हुनुहुँदैन ।’


ADVERTISEMENT

# # #


सबै नेपालीहरुको एउटै मन र सिँगो देशलाई एक ढिक्का बनाएर एकताको उदाहरण बिश्वलाई प्रस्तुत गर्नुपर्ने उनको भनाई छ ।

‘सबैमा भाइचाराको भावना विकास होस्’ आलमले भने ‘देशमा साम्प्रदायिक सद्भाव बलियो बनोस् ।