भक्तपुर– संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क बृद्धि फिर्ता गराउन माग सरकारसँग माग गर्दै आएका छन् ।


ADVERTISEMENT


सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि गर्न, सार्वजनिक शिक्षा प्रति विश्वास बढाउन प्रभावकारी अनुगमनको माग गर्दै शुक्रबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


सरोकारवाला समेतको सहमतिमा सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उलघंन गरी निजी विद्यालयले चर्को शुल्क बृद्धि गर्नुको साथै उक्त शुल्क बृद्धि अविलम्बन फिर्ता गराउन पाँच विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यालयको अनुगमन गरी मापदण्ड नपुगी सञ्चालन गरिएका विद्यालयलाई कारबाही गर्न माग गरेको कुरा अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुल्क बृद्धि फिर्ता गराउन दवाव दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी भइरहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए । आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क बृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन सरकारसमक्ष अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौ र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले माग गरेका छन् ।