काठमाडौं – नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका समस्या चाँडो समाधान गर्नु प्रेस रजिष्ट्रारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


आज प्रेस रजिष्ट्रार बालकृष्ण घिमिरेसंग भेट्दै श्रमजीवी हित प्रवद्र्धन समितिले श्रमजीवी पत्रकारका सेवा, शर्त, सुविधा र न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा एक पत्र बुझाउँदै ध्यानाकार्षण गराएको हो ।


ADVERTISEMENT

# # #


उक्त पत्रमा महासंघको माग बमोजिम तत्काल कारबाही गरी जानकारी प्राप्त नभएमा प्रेस रजिष्ट्रार विरुद्ध दवावका कार्यक्रमा सञ्चालन गर्न बाध्य हुने जनाइएको छ ।

महासंघले २०७४ साल असोज १० गते ध्यानाकर्षण पत्र दर्ता गरेकोे थियो । उक्त पत्र कार्यान्वयनको प्रगति तथा हुन बाँकी काम कारबाहीको विषयमा प्रेस राजिष्ट्रारको कार्यालय रहेको सूचना विभागको नागरिक बडापत्रको बुदा नं १० बमोजिम ३० दिनभित्र उजुरीको किनारा लगाइसक्नु पर्ने भए पनि त्यसको प्रगतिबारे जानकारी प्राप्त नभएको भन्दै समितिले प्रेस रजिष्ट्रारको पुनः ध्यानाकृष्ट गराएको हो ।

समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएकोे प्रतिनिधि मण्डलमा महासंघका केन्द्रीय सदस्य तथा समितिका सदस्यहरु यम बिरही, टेकराज थामी र टिकाराम प्रधान थिए ।