काठमाडौँ– छक्का पन्जा ३ को मुख्य हिरोइनमा दीपिका प्रसाईं अनुबन्धित भएकी छिन् । दीपाश्री निरौलाको निर्देशनमा बन्ने फिल्मको सुटिङ १७ वैशाखबाट सुरु हुँदै छ ।


ADVERTISEMENT


फिल्मका मुख्य अभिनेता तथा निर्माता दीपकराज गिरीले आफूहरूले दीपिकालाई हिरोइनका रूपमा अनुबन्धित गरेको जानकारी दिएका छन् । दीपिकाले गत वर्ष प्रदर्शित रमेश उप्रेतीको ऐश्वर्यबाट डेब्यु गरेकी हुन् । त्यसपछि उनलाई अरू फिल्ममा देख्न पाइएको छैन ।


ADVERTISEMENT

# # #


दीपक–दीपा कम्पनीको छक्का पन्जामा प्रियंका कार्की, वर्षा राउत र नम्रता सापकोटा हिरोइन थिए भने छक्का पन्जा २ मा नम्रता अटाइनन् । प्रियंका र वर्षाका साथमा स्वस्तिमा खड्काको प्रवेश भयो ।

तर, छक्का पन्जा ३ मा भने वर्षा र स्वस्तिमा अटाएनन् । प्रियंका भने विशेष भूमिकामा रहने बताइएको छ ।

फुलपाती अर्थात् ३० असोजमा प्रदर्शन हुने फिल्ममा दीपकराजका साथमा केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङलगायत अभिनेता दोहोरिएका छन् ।