काठमाडौं– डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । नेपाली कांग्रेस (वीपी) को कार्यालय बिजुलीबजारमा शुक्रबार बिहान बसेको दुई पक्षीय वार्ताबाट पार्टी एकता गर्ने सहमति भएको एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्रोतलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT


उनका अनुसार दुई पार्टीबीच एकता गर्नेबारेको सैद्धान्तिक लिखित दस्तावेज तयार गर्न एराप्रपा राष्ट्रवादीका झनक प्याकुरेल र नेपाली कांग्रेसका (वीपी)का पुष्पराज पराजुलीलाई जिम्मा दिइएको छ ।


ADVERTISEMENT

# # #


प्याकुरेल र पराजुलीलाई दस्ताबेज तयार गर्न एक साताको समय दिइएको र प्रतिवेदन प्राप्त हुनासाथ संयुक्त बैठक बसेर एकताको मिति घोषणा गरिने लोहनीले जानकारी दिए ।

पृथ्वीनारायण शाह र वीपी कोइरालालाई आदर्श मानेर एकता गर्ने समझदारी बनेको नेपाली कांग्रेस (वीपी) का अध्यक्ष भट्टराईले जानकारी दिए ।

बैठकमा दुबै पार्टीका अध्यक्षसहित एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, झनक प्याकुरेल, तारानाथ लुईटेल र जनकराज पाठकको सहभागिता रहेको थियो भने नेपाली कांग्रेस वीपीको तर्फबाट पुष्पराज पराजुली, सुशीलमान शेरचन, देबेन्द्र प्रकाश पौडेल र प्रणय सिंहको सहभागिता रहेको थियो ।

एकता गर्ने समझदारी गरेका दुई पार्टीले यसअघि गत प्रदेश तथा प्रनिनितिसभा निर्वाचनमा कार्यगत एकता गरेका थिए ।