डाक्टरले ‘भ्वाइस रेस्ट’ गर्न भनेका गच्छदार ३ घन्टा ५ मिनेट बोले, शुक्रबार थप १ घन्टा बोल्ने


ADVERTISEMENT


काठमाडौं–बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।


ADVERTISEMENT

# # #


अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।

‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।