काठमाडौं – सन्दीप लामिछानेसँगै पहिलो महिला गल्फर प्रतिमा शेर्पा पल्सर स्पोट्र्स अवार्ड अन्तरगत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।


ADVERTISEMENT


आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । जसअनुसार क्रिकेटर सन्दीप र प्रतिमासँगै फुटबल किपर किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् ।


ADVERTISEMENT

# # #


मनोनयनमा परेकाहरुलाई एसएमएस र फेसबुकमार्फत भोट दिन सकिनेछ । चार फेसबुक लाइकको मतभार एक एसएमएस बराबर हुने आयोजकले जनाएको छ ।

यसपटक प्रशिक्षक र मञ्चका सबै सदस्यले पनि मत दिनेछन् । सातौं राष्ट्रिय खेलकुदमा सहभागी ३५ खेलका प्रमुख प्रशिक्षकले मतदान गर्न पाउनेछन् ।

आयोजकका अनुसार मतभार एसएमएस र फेसबुक लाइकको ५० प्रतिशत र प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत हुनेछ ।