काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


ADVERTISEMENT


यसैबीच प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


बैठकमा संविधान संशोधन विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र संघीय गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।