काठमाडौं–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ ।


ADVERTISEMENT


यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले स्रोतसँग भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’

मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेका थिए ।