बझाङ– नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले बझाङका दुई नगरपालिका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ ।


ADVERTISEMENT


विप्लवले गठन गरेको जनपरिषदका नाममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजीनामादिन चेतावनी दिइएको हो ।


ADVERTISEMENT

# # #


सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् बझाङका प्रमुख तेज बहादुर खड्का संग्रामको हस्ताक्षर भएको चेतावनी पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा लिप्त भएकाले राजीनामा मागिएको उल्लेख छ ।

‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम भन्दा बढी भ्रष्टाचारमा लागेको प्रमाणका आधारमा पत्र पठाएका हौँ’ परिषद् प्रमुख खड्काले बताए ।