काठमाडौँ– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका नवनियुक्त अध्यक्ष रमेश पौडेलले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


युवा संघ नेपालको केन्द्रीय कमिटिको बैठकमार्फत अध्यक्षमा चुनिएका पौडेलले सोमबार पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि ‘सरकारको सुखी नेपाली र समेद्ध नेपाल’ अभियानलाई साथ दिने बताउँदै उनले आगामी असोजमा संघको महाधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै उनले युवा पलायन रोक्नका लागि ‘एक युवा, एक रोजगार’ अभियान चलाउने घोषणा गरे । यस्तै युवा संघ नेपाललाई आफ्नै भवनमा चलाउने भन्दै नयाँ भवन निर्माणको घोषणा पनि गरेका छन् ।

यसअघिका अध्यक्ष राजीव पहारी प्रदेश सांसद बनेपछि पौडेल अध्यक्षमा चुनिएका हुन् । बैशाख ३ गतेदेखि ६ गतेसम्म बसेको युवा संघको केन्द्रीय सकितीको बैठकले उनलाई अध्यक्षमा चुनेको थियो ।