काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले उक्त चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै मन्त्री महासेठले भने,‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं।’


ADVERTISEMENT

# # #


साक्षात्कारमा उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोहीअनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं, अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ।’

सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने,‘अहिले नेपालमा कतै सिण्डिकेट छैन् । पहिला थियो । तर, यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ । आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौं । मात्रै के सवाल हो भने उहाँहरुलाई नविकरण गर्ने सवालमा कम्पनी ऐन अन्र्तगर्त आओस् भनेर हामीले यो असार मसान्तसम्म समय दिएका छौं । हो, कम्पनी दर्ता गर्नको लागि समय चाहिन्छ ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी समेत दिए । महासेठले भने,‘सरकार आँफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौं ।’

कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु आउँद यसले बसका असली मालिकहरुलाई फाईदा हुने उनको भनाई थियो । उनले भने, ‘कम्पनी अनुसार आउँदाखेरि कर्मचारीहरुको रोजगारीको सुनिश्चितता् हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेण्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरुलाई मात्रै फाईदा छ ।’

उनले कम्पनी ऐन अन्र्तगत आउने काम सम्पन्न भएसँगै आफूहरुले सवारीमा डा«ईभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरुको लागि छुट्टै सिटको व्यवस्था समेत गर्ने स्पष्ट पारे ।