काठमाडौं–उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो ।


ADVERTISEMENT


दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’


ADVERTISEMENT

# # #


उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो । परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ ।

गत वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहाद्वीपीय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको थियो र भनेको थियो, यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्छ ।