काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत राप्रपा अध्यक्ष कमल थापाले आसन्न स्थानीय चुनावको प्रचारप्रसारका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हुन् । घोषणापत्रमा राप्रपाले मुख्य मुख्य १६ बुँदालाई समेटेको छ । जसमा र पार्टीले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर “स्मार्ट सिटी” को रुपमा योजनाबद्ध विकास गर्ने लक्ष्य लिएको छ भने प्रत्येक गाउपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र ब्यवस्थित नगरोन्मुख गाउको रुपमा विकसित गराउने संकल्प बोकेको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको सुदृढिकरण, हिन्दुत्वको संरक्षण र सम्बद्र्धन, सामाजिक सुधार र सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा भोजन , गरिबी निवारण र रोजगारी प्रबद्र्धन, कृषी,उद्योग तथा बाणिज्य क्षेत्रको बिकास, पुर्वाधार बिकास र पुर्वाधार बिकासलगायतलाई आफ्नो चुनावी घोषणा पत्रमा समेटेको छ ।

साथै राप्रपाले गाउँरनगरपालिकाहरुको आफ्नो कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने बताएको छ । स्थानीय तहबाट अनुदान प्राप्त गर्ने विद्यालयहरुमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने उसले बताएको छ । राप्रपाले ‘एक परिवार एक रोजगारी’ को नारा दिएको छ । उसले २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने राप्रपाको प्रतिवद्धता छ ।

त्यस्तै राप्रपाले आफूले जितेको स्थानीय तहका प्रत्येक कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने बताएको छ । विद्यालयहरुको पाठ्यक्रममा नैतिक र आध्यात्मिक शिक्षाका साथै राष्ट्रियताको भावना अभिवृद्धि हुने विषयहरु समावेश गर्ने उसले बताएको छ । गौहत्यालाई पूर्णत निषेध गर्ने र प्रत्येक गाँउरनगरपालिकाहरुमा गौशालाहरु निर्माण गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।

यस्तो छ राप्रपाको चुनावी घोषणापत्रको पूर्ण पाठ