काठमाडौं–त्रिभुवन विमानस्थलमा एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।


ADVERTISEMENT


उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटना भने टरेको छ ।


ADVERTISEMENT

# # #


२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ । घटनापछि त्यहाँ तत्लका एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो । उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् ।

त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेका जनाएाको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुर्घटना टरेको बताएका छन् ।

‘उडान गर्ने बेलामा जहाजको चक्कामा समस्या आएपछि टेकअफ नगरी पाइलटले पार्किङतर्फ लगेका छन्’, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘उड्नै लाग्दा समस्या आएको जहाजको मर्मत भइरहेको छ, मर्मत सकिएपछि आजै जहाज मलेसिया जाने विश्वास लिएका छौँ ।’

क्वालालाम्पुर उड्न लागेको जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको छ । जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।