नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग हिमालयपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


वर्तमान अध्यक्षले राजीनामा दिइसकेपछि युवासंघ नेपालको नयाँ नेतृत्वको लागि के-कस्तो तयारी हुँदैछ ? 


ADVERTISEMENT

# # #


अध्यक्ष राजीव पहारीले नेपाली युवा आन्दालेन र युवा संघ नेपालको भविष्यलाई सुनिश्चित गर्ने गरेर जुन हिसाबले केन्द्रिय कमिटीको बैठकमा राजीनामा दिनुभएको छ, यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । उहाँको राजीनामापछि अहिले युवासंघको अध्यक्षको पद खाली भएको छ । संगठनले नयाँ नेतृत्व पाई नसकेको अवस्थामा युवा संघ नेपालको अध्यक्षको दाबेदार उपाध्यक्षहरु हुनुहुन्छ । उपाध्यक्ष भइसकेपछि अध्यक्षको दाबेदारी गर्ने कुरा स्वभाविक नै हो ।सबैले यसमा रुचि राख्नु भएको छ । युवा संघका सदस्य र पदाधिकारीहरुको बहुमत जुन उपाध्यक्ष वा पदाधिकारीको पक्षमा हुन्छ, उसले नै अब युवा संघ नेपालको नेतृत्व सम्हाल्छ ।

यसमा सम्भावना कसको देख्नुहुन्छ ?

सबैभन्दा बढी केन्द्रिय सदस्य र पदाधिकारीहरुको समर्थन रमेश पौडेललाई भएको हुनाले उहाँ नै युवा संघ नेपालको अध्यक्ष हुने सम्भावना प्रबल रहेको मैँले पाएको छु ।

केही दिनअघि युवासंघ नेपाल विभाजनको हल्ला केही अनलाइनहरुमा आए । त्यसको सत्यता के हो ?

खासमा यो एकदमै भ्रमपूर्ण र गलत समाचार हो । युवा संघ नेपाल पार्टीको निर्देशन अनुसार एकतावद्ध भएर हिंड्छ । अब गुट उपगुट युवा संघ नेपालमा रहने छैन । युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकले सर्वसम्मत रुपमा नेतृत्व छान्नेछ । मतदानमा जाने नपर्ने अवस्था सिर्जना गर्न हामी लागिरहेका छौँ । हाम्रो विधानमा एउटाले राजीनामा दिइसकेपछि अर्को नहुँदासम्म काम चलाउ अध्यक्ष पनि पहिलेकै हुने चलन छ । त्यस कारण अहिले राजीव पहारी नै अध्यक्ष हुनुहुन्छ ।

अन्य पदाधिकारीहरुको व्यवस्थापन कसरी हुन्छ ?

अब यसमा उमेर हदका कुरा पनि आएका छन् । तर हाम्रो विधानमा ४० वर्ष पुग्न एकदिन अगाडी चुनायो भने पनि त्यस्तो पदाधिकारीलाई ६ वर्षसम्म वा १० वर्षसम्म सम्मेलन भएन भने पनि बीचमा हटाउन नमिल्ने रहेछ । त्यो कारण विधान विपरित जान नसकिएको हो । अब स्वेच्छिक रुपमा विदा लिन चाहाने साथीहरुलाई बिदा दिने र भविष्य भएका र युवा आन्दोलन हाक्न सक्ने खालका युवा साथीहरुलाई व्यवस्थापन गर्नुपर्छ ।

अबको नेतृत्वमा तपाईको भूमिका के हुन्छ ?

मेरो कुरा गर्नुपर्दा आवश्यकताको सिद्धान्त अनुसार जुनसुकै भूमिका आएपनि त्यसलाई निर्वाह गर्न तयार छु । केन्द्रिय कमिटीले मलाई जुन किसिमको जिम्मेवारी दिएपनि म त्यसलाई सहज स्वीकार गर्छु ।