काठमाडौं–आधिकारिक तथ्याङ्क अनुसार चीनको अर्थतन्त्रले पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा ६.८% को वार्षिक वृद्धी हासिल गरेको छ ।


ADVERTISEMENT


पहिले चिनिया सरकारले जनवरी देखि मार्च सम्म ६.५% आर्थिक वृद्धी हुने प्रक्षेपण गरेको थियो ।


ADVERTISEMENT

# # #


यो तथ्याङ्कले विश्वको दोश्रो ठूलो अर्थतन्त्रको सामथ्र्य देखाएको छ । पछिल्लो समय देश भित्रकै उपभोक्ताको बढेको मागले आर्थिक वृद्धीमा सुधार भएको हो ।

तर बढ्दो ऋणको स्तर लगायत चिनिया अर्थतन्त्रको चिन्ताका विषय भने यथावत रहेको छ ।

वृद्धीलाई असर नगरी तीब्र गतिले बढीरहेको ऋण र घरजग्गा मुल्य नियन्त्रण गर्न चिनिया सरकारले विभिन्न कदम चालिरहेको छ ।

सिङ्गापुरस्थीत नोरडी ब्याङ्कमा कार्यरत चिनिया अर्थशास्त्री एमी झुआङ्गका अनुसार पहिलो चतुर्थाशंको वृद्धीदर राम्रो रहेको छ तर सकारात्म प्रभावहरु कमजोर हुँदै गएको संकेतहरु त्यहाँ छन् । यसको कारण त्यहाँको घरजग्गा बजारमा आएको धिमापन हो ।

यो वृद्धी दर त्यो बेला आएको छ जब चीन र अमेरिकाबीचको व्यापारिक तनाबले उसको निर्यातमा चिन्ता व्यक्त गरिदैछ । चीन र उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार अमेरिकाबीच एक अर्काको देशबाट आएको सामाग्रीमा कर बढाएर व्यापार प्रभाव पार्ने होड चलेकाले चीनलाई बढी असर पार्ने देखिन्छ ।

यो पृष्ठभूमिमा अनुसन्धान सस्था टी.एस. लोम्बार्डमा रहेका चिनियाँ अर्थशास्त्री बो झुयाङ्गले निर्यात वृद्धी सन् २०१८ को वृद्धीको सबैभन्दा ठूलो चुनौती हुने बताएका छन् ।

यही अमेरिकी कर प्रभावको असर हेर्न पनि सन् २०१८ भरको चिनिया आर्थिक वृद्धीको तथ्याङ्क नजिकबाट नियालिनेछ ।