काठमाडौँ– नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीलाई अगाडी बढाउनका लागि सहमती र सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । आज नयाँ वर्षको अवसरमा शुभकामना दिँदै नेतृ कोइरालाले उक्त कुरा बताएकी हुन् ।


ADVERTISEMENT


उनले भनिन्, ‘नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबैले मनमटाव त्यागेर सहमती, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । संसदमा बलियो प्रतिपक्षीको भूमिका निभाउनका लागि पनि पार्टीमा एकता कायम हुनुपर्ने भन्दै उनले नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


यस्तै विकास र समृद्धिका लागि सरकारले भाषण भन्दा पनि काम गर्नुपर्ने उनले बताइन् । देशको बढ्दो बेरोजगारी समस्याको समाधान गर्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रोजगारका अवसर सिर्जना गर्न सरकार लाग्नुपर्ने उनको भनाई थियो । दुबै छिमेकी देशसंगको सम्बन्ध सुधार गर्दै नेपालका समृद्धिका लागि उनीहरुको सहयोगको भरपुर सदुपयोग गर्नुपर्ने उनले बताइन् ।

एक फरक प्रसंगमा नेतृ कोइरालाले सकारात्मक सोचका लागि ध्यान, अध्ययन र गीत संगीतमा बढी केन्द्रित हुनेपर्ने बताइन् । नयाँ वर्षले नेपाली जनताको सुख शान्ति र समृद्धिमा वृद्धि गर्ने उनको विश्वास थियो ।