काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एनआईसी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरुे सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूुचिकृत भएकोे छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरी मिति माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।


ADVERTISEMENT


उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । एन आई सी एशिया ग्रोथ फंड दोश्रो बजारमा “एनआइसीजीएफ” नाममा कारोबार हुने छ ।


ADVERTISEMENT

# # #


म्युचुअल फण्डसंगै एनआईसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया क्यापिटलले निःशूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।