काठमाडौं–सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छ ? अब कर्मचारीलाई यस्ता छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन । सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको समाधान गरेको छ ।


ADVERTISEMENT


सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिनेगरी सरकारले नयाँ मापदण्ड बनाएको छ । त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको छ ।


ADVERTISEMENT

# # #


सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ । – आजको राजधानी दैनिकबाट