काठमाडौं– चक्रपथ विस्तारका लागि कलंकीमा निर्माण भइरहेको अन्डरपासको ब्रेक–थ्रु एक महिनाभित्रै हुने भएको छ । लामो समयबिव्ता पनि काम नसकिँदा सो स्थानमा सवारी जामको समस्या ब्याप्त छ ।


ADVERTISEMENT


चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपास छिचोल्ने काम अब अन्तिम चरणमा छ । ‘अन्डरपासको ब्रेक(थ्रु एक महिनाभित्रै गर्छौं, त्यसपछि फिनिसिङको काम अघि बढ्छ’ उनले भने ।


ADVERTISEMENT

# # #


पछिल्लो पटक दिइएको म्यादअनुसार करिब साढे ३ महिनामा कलंकी–कोटेश्वर चक्रपथ विस्तारको काम सकिनुपर्छ  । आठ लेनमा विस्तार हुँदै गरेको यो खण्डको काम ९३ प्रतिशत सकिएको चक्रपथ विस्तार आयोजनाका प्रमुख भण्डारीले जानकारी दिए ।

अब बाँकी काम तोकिएकै समयमा सक्न कठिन हुने देखिएको छ । तर, आयोजना काम समयमै सकिनेमा विश्वस्त छ ।

कलंकी कोटेश्वरको १०.३९ किलोमिटर खण्डमध्ये ८ किलोमिटर विस्तारित खण्डमा पहिलो चरणको कालोपत्रे सकिएको छ । कलंकीको खसीबजारदेखि बल्खुसम्मको खण्डमा भने काम विवस्तारको भइरहेकै छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो ।

३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

अहिले स्थानमा सडक विभाग आफैंले आकाशे पुल बनाउँदैछ ।

फुटपाथका बाँकी नै छ । चीन सरकारको करिब पाँच अर्ब रुपैयाँ अनुदानमा यो खण्ड विस्तार भइरहेको छ ।