काठमाडौं–सरकारले स्वैच्छिक अवकाश नदिए निजामती कर्मचारीहरु अदालत जाने भएका छन् ।


ADVERTISEMENT


संसदमा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक अघि बढाएपछि संसदले ऐन बनाएको थियो । तर प्रधानमन्त्री केपी ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वैच्छिक अवकाश अघि नबढाउने भएपछि कर्मचारी अलमलमा परेका हुन् ।

नेपाली काग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ)का उपमहासचिव दुर्गाप्रसाद फुयालले अवकाशको फारम भरिसकेका कर्मचारीलाई फेरी काममा फर्क भन्न नहुने तर्क गरे ।

प्रतिपक्षमा छँदा एमालेले संसदबाट विधेयक पास गर्न समर्थन गरेको बताउँदै उनले सरकारले गलत निर्णय गरे अदालत जाने दाबी गरे । – आजको नेपाल समाचारपत्रबाट