काठमाडौं–तस्करीको ३३ किलो सुन गायव पछि भरिया सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।


ADVERTISEMENT


सनमको हत्याको छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिहदरबारमा थुनामा राखिएका नेपाल एयरलाइन्सका लोडरल प्रेमलाल चौधरीले आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT

# # #


बिहीबार प्रहरी थुनामा रहेका चौधरीले लगाएको सुरुवालले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको प्रहरी स्रोतले जानकारी दियो।

पत्रकारहरुसँग कुरा गर्दै प्रहरी स्रोतले भन्यो–३० वर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्सका लोडरको रूपमा काम गर्ने चौधरीलाई सनम हत्या काण्डको छानबिन समितिले थुनामा राख्न पठाएको थियो, आफ्नो पोल खुल्ने डरले उनले आत्महत्या गरेको हुनुपर्छ ।

चौधरीको शव पोष्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।