बर्दिबास–महोत्तरीमा मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका—३ श्रीपूर घर भएकी ६ बर्षीया विडरी मण्डल रहेकी छिन् ।


ADVERTISEMENT


श्रीपुरबाट महोत्तरीको औरही जाँदै गरेको ज ६ प ४०३१ नम्बरको डिस्कभर मोटरसाइकलले बिहीबार दिउँसो बालिकालाई श्रीपुरमा ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई विराटनगरको नोवेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको महोत्तरी प्रहरीले स्रोतद्वारा जानकारी प्राप्त भएको छ ।

नामथर नखुलेका मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भईरहेका प्रहरीले बताएको छ ।