काठमाडौँ– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सीवासी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यस्तै अत्तरिया पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।


ADVERTISEMENT


१३१ रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको अत्तिरियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११५ रनमै समेटियो । उसका लागि कप्तान शुवास खकुरेलले ३० रन प्रहार गरे । उनले २५ बलमा २ चौका र एक छक्का प्रहार गरे । यस्तै विपीन चन्द्रले २८, दिपेन्द्र सिंह ऐरीले २७ रन बनाउनुबाहेक अन्यले राम्रो गर्न सकेनन् ।


ADVERTISEMENT

# # #


महेन्द्रनगरको तर्फबाट रोबिन क्षत्रीले ४ ओभरमा १६ रन खर्चेर २ वकिेट लिए । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर व्ययाटिङमा आएको युनाइटेडको तर्फबाट करण केसीले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी नटआउट २४ रन बनाए।

आरिफ शेखले सर्वाधिक ३५ रन बनाए। ३७ बल खेलेकाउनले ५ चौका प्रहार गरे। यस्तै पुनित मेहराले २६ तथा आसिफ शेख र रोहित पौडेलले ११/११ रन बनाए।

सीवाईसी अत्तरियाको तर्फबाट कमलसिंह ऐरीले ४ ओभभरमा १६ रन खर्चेर २ विकेट लिए। कृष्ण कार्की, सुभांकर उराउ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले १/१ विकेट लिए।

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्ससँग बुधबार दोस्रो क्वालिफायर खेल खेल्ने छ।