काठमाडौँ– प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रमा तथ्यांकलाई तोडमोड गरी अतिरञ्जनापूर्ण तरिकाले व्याख्या गरिएको बताएको छ। यस्तै उसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।


ADVERTISEMENT


सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर श्वेतपत्र ल्याएको कांग्रेसले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्त विश्वप्रकास शर्माले जनतामा आशा र भरोसा दिनु पर्नेमा यो सरकारले ढुकुटी रित्तो छ भने भ्रम पार्न खोजेको बताए।


ADVERTISEMENT

# # #


श्वेतपत्रलाई लाल पत्रको संज्ञा दिँदै उनले भने, ‘समृद्धिको लागि जनतालाई सक्रिय गराउन देशका सकारात्मक कुराहरुलाई जनतामाझ लगेको भए साँचो रुपमा यो श्वेत पत्र हुन्थ्यो । तर असंगतीपूर्ण तथ्याङ्कहरु, निरासाजनक विवरणहरु राखिएकाले यो श्वेत पत्र नभई ‘लाल पत्र’का रुपमा आयो ।’

‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो, हामीले शुन्यबाट सम्वृद्धिको यात्रा थालेका हौं भन्न खोजेको देखियो,’ शर्माले भने, ‘इतिहासको वास्ता नगरी आजबाट समृद्धिको यात्रा सुरू हुन्छ भनियो।’

यस्तै प्रकाश सरण महतले सबैतिर रित्तो छ भनेर सरकार आफ्नो चुनावी बाचाबाट भाग्न खोज्नु बताए । चैत १६ गते अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गर्दै सरकारी ढुकुटी लगभग रित्तिएको बताएका थिए।