काठमाडौँ — अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ ।


ADVERTISEMENT


द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


घट्ना २०१२ को हो । ३४ बर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरुको ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताइयो ।

‘जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइन’ लिलना मर्टिनेज्ले भनेकी छन् । उनीहरुले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

उनीहरुले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ । यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।