एजेन्सी – दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबलाई १६७ रनको चुनौती दिएको छ । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।


ADVERTISEMENT


मोहलीस्थित इस विन्द्रा रंगशालामा दिल्ली टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पञ्जाबलाई मध्यम स्कोरको लक्ष्य दिएको हो । खराब सुरुवात गरेको दिल्लीका लागि कप्तान गौतम गम्भिरले उकासेका थिए । कप्तान गम्भिरले ५५ रन बनाए । उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै, दिल्लीका लागि रिशव पन्तले २८ र क्रिस मोरिसले अविजित २८ रन बनाए । दिल्लीका अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन् ।

यता, पञ्जाबका लागि अफगानिस्तानका १७ वर्षीय मुजिब उर रहमानले २ विकेट लिए । आईपीएलमा पहिलो पटक डेब्यु गरेका मुजिबले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिन सफल भए । त्यस्तै मोहित शर्माले पनि २ विकेट लिए । पञ्जाबले विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ केही बेरमा थाल्नेछ ।