नयाँदिल्ली — तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान पौने ११ बजे उत्तराखण्ड प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रोद्योगिक विद्यालयले विभूषित गर्ने मानार्थ विद्यावारिधी उपाधि ग्रहण गर्न प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन्।


ADVERTISEMENT

# # #


इन्दिरा गान्धी विमानस्थलबाट विशेष विमानमा उत्तराखण्ड प्रस्थान गरेका प्रधानमन्त्री साँझ पुनस् इन्दिरा गान्धी विमानस्थल हुँदै स्वदेश फर्कने कार्यक्रम छ।

अपराह्न ४ बजे उत्तराखण्डबाट फर्कने प्रधानमन्त्री आइतबार साँझ ६ बजे नै इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले साँझ नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्।