बुटवल–बुटवलमा रहेको भाटभटेनी सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ ।  बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।


ADVERTISEMENT


भाटभटेनी सपिङ कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट आगलागी शुरु भएको बताइएको छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ वटा दमलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । बिहान स्थानीयले आगलागी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगलागीका कारण वरीपरिका स्थानीय समेत त्रसित बनेका छन् ।