काठमाडौं–प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् ।


ADVERTISEMENT


शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा छापेको छ ।


ADVERTISEMENT

# # #


इन्डियन एक्सप्रेसले इफ चाइना बुल्ड युअर ड्याम, यन्डिया उड नट बाई इनर्जी शीर्षक दिएर एक कोलमको समाचार लेखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिनसक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने बताउने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ ।

शुक्रबार द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन् । द हिन्दुमा ‘नेपाल ऋण पासोबाट डराएको छैनः ओली’ शीर्षकमा पहिलो पेजमा समाचार छापेको छ भने भित्री पेजमा अन्तर्वाता दिइएको छ ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको भनाइलाई पहिलो पेजमा राख्दै भित्री पेजमा अन्तर्वार्ता छापेको छ । – आजको नागरिक दैनिकबाट