काठमाडौं – टिकापुर घट्ना राजबन्दी पीडित परिवार संघले उक्त घट्नामा संलग्न भएको आरोपमा थुनिएका २ नाबालकसहित २६ जनालाई तत्काल रिहाई गर्न माग गरेको छ ।


ADVERTISEMENT


त्यस्तै संघले कैलाली घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गदै पीडित परिवार संघका संयोजक धनकुमार चौधरीले कैलाली घट्नाको बारेमा तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारले कैलाली घट्नाको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न नसक्नु दुःखद् भएको बताए । उनले भने,“हाम्रो माग सत्यतथ्य बाहिर ल्याउनुपर्छ भन्ने हो, उक्त घट्नाको दिन लक्ष्मण कपिलवस्तुमा हुनुहुन्थ्यो, लाहुराम चौधरी धनगढि थिए, रेशम चौधरी बर्दिया थिए, यस्ता धेरै उदाहरण छन्, उनीहरु कोहीपनि दोषी छैनन्, दोषी हुने कुनै आधार छैन् ।’

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी अध्यक्ष प्रेमवती रानाले कैलाली घटनाकाबारेमा सरकार बेखबर बनेको भन्दै बन्दी बनाइएकालाई रिहाइ गर्न माग गरिन् ।

उनले यसवारे आफुहरुले प्रधानमन्त्रीसँग कुरा गर्न खोज्दा प्रधानमन्त्रीले समय नदिएको गुनासो गरिन् ।