काठमाडौँ–अर्थमन्त्री डा. युवराज खतिवडाले विगतका सरकारको परफरमेन्स कमजोर भएकै कारण कतिपय संरचना आफै जोगिएको बताएका छन् ।


ADVERTISEMENT


उनले त्यही जोगिएका आधरभुत संरचना प्रयोग गरेर अर्थतन्त्रलाई सुधार गर्न सकिने उल्लेख गरे । उनले भने, ‘विगतमा परफरमेन्स कमजोर भएका कारण केही आधारभुत संरचना आफै जोगिएको छ । यसबाट अर्थतन्त्रलाई हामी सुधार गर्न सक्छौ । अब हामी कार्यशैलीमा नीतिगत डिपार्चर ल्याउँछौ । नीतिगत डिपार्चरमा सबल, स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको लागि अन्र्तराष्ट्रिय अवसरलाई उपयोग गरेर मुलुकले आफ्नो क्षमताको काम गर्नेछ ’।


ADVERTISEMENT

# # #


खतिवडाले सियोदेखि हवाई जहाजसम्म यहि उत्पादन गर नभनेको तर आफ्नो क्षमता अनुसारको उत्पादनमा विकास गर्दै लैजाउ भनेको बताए । यसमा वित्तिय प्रणाली जिम्मेवार भएर आइदियो भने अझ सहज हुनेछ, उनले भने ।

सरकारको भूमिका प्रतिस्पर्धी होइन परिपुरक हो भन्दै उनले भने, सरकार नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न नखोजेको तर सरकार, नीजि क्षेत्र र सहकारीलाई परिपुरक बनाउन खोजिएको हो । यस्तो बेलामा राज्य अहम देखिनु स्वभाविक हो । कतिपय गाइडेन्स सरकारले गर्नुपर्ने भएकाले सरकार कठोर भयो भन्न खोजिन्छ ।

श्वेतपत्रमा समस्याहरुमात्र देखाइयो भन्ने व्यापक आलोचना भएपछि त्यसको बचाउँ गदै उनले सेजन कार्यसमिति सँगको भेटमा भनेका छन्, हामीलाई श्वेतपत्रमा नराम्रो कुरामात्र देखाइयो भनियो । तर स्वेतपत्रमा यर्थार्थ तस्बिर छ । हामीले समस्यालाई सुधार गर्नका लागि श्वेतपत्रमा समस्या मात्र राखेका हौ । डाक्टरले बिरामीको समस्यामात्र हेरर औषधी दिएजस्तै हामीले पनि सुधार्नुपर्नै समस्यालाई मात्र उठाएर समाधानको बाटो हिडाउन खोजेका हौ ।

वित्तिय क्षेत्र उत्पादन मुलक क्षेत्रमा जिम्मेवार हुनुपर्छ
वित्तिय क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा जिम्मेवार भएर आउन उनले आग्रह गरेका छन् । आफु राष्ट्र बैंकमा हुँदा वित्तिय क्षेत्रलाई उत्पादनशिल क्षेत्रमा जान बाध्य पारिएको सुनाउँदै उनले भने, ‘त्यतिवेला विवाद पनि भएको थियो । वित्तिय प्रणालीलाई बजारकै संयन्त्रमा किन नछोड्ने भनेर । मेरो अडानका कारण आज उत्पादनशिल क्षेत्रमा १५ प्रतिशत लगानी पुगेको छ । हामीले नीति ल्याउँदा तीन प्रतिशत पनि लगानी थिएन’ ।