काठमाडौं–सार्वजनिक यातायातको सिन्डिकेटविरुद्ध आक्रामक देखिएको सरकारले ट्याक्सीमा सिमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ ।


ADVERTISEMENT


पुराना ट्याक्सी विस्थापित गरी खुला रुपमा नयाँ ट्याक्सी दर्ता गर्ने गर्ने वातावरण नबनाई सरकारले एकाधिकारको संरक्षण गरेको पाइएको हो ।


ADVERTISEMENT

# # #


२० बर्ष पुराना ट्याक्सी दर्ता खारेज गरी नयाँ भित्र्याउन सरकार नै बाधक देखिएको छ ।

यातायात अधिकारकर्मी रामबहादुर थापा व्यवसायीको दबाबमा सरकारले ट्याक्सीमा अघोषित एकाधिकार लाद्दै आएको बताउँछन् ।

उनले भने,

–सरकारले ट्याक्सी दर्ता प्रक्रिया रोकेको मात्रै छैन । २० बर्ष पुराना ट्याक्सीलाई फेरि सट्टा दर्ता गर्न दिएर एकाधिकारमा मलजल गरिरहेको छ ।

–त्यसो गर्दा ट्याक्सीमा पनि सिन्डिकेट मौलाउँदै गएको छ । – आजको नागरिक दैनिकबाट