काठमाडौं–बुधबार राति जुम्ला पुरानो बसपार्क नजिकै बसले किच्दा चन्दननाथ नगरपालिका ६ छिना निवासी अन्दाजी ६० वर्षीय चन्द्रविर सुनारको मुत्यु भएको छ।


ADVERTISEMENT


लामो दूरीमा गुड्ने ना ५ ख ६२६८ नम्बरको बस पुरानो बसपार्कमा ब्याक गर्दा उनको किचिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यता बस चालक ओम प्रकाश सोमे मगर भने, यस घटनाका बारेमा अनविज्ञ रहेको बताएका छन्। ‘घटना कसरी भयो, थाहै भएन, पुरानो बसपार्क नजिक आउँदा गाडी एक छिन रोकेर रोखेको हो,’ तर घटनाका बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए।


ADVERTISEMENT

# # #


घटनाकाबारे राति ३ बजे मात्र थाहा पाएको प्रहरी सहायक निरीक्षक चुडामणि पुनले जानकारी दिएका छन् । उनका अनुसार घटनास्थलमा शव मात्रै थियो । गाडी थिएन, टोलीले खोज्दै जाँदा, ना ५ ख ६२६८ नम्बरको बसको टायरमा रगत लागेको देखेपछि चालकलाई नियन्त्रणमा लिइएको हो।

घटना बारे सोधपुछ गर्दा चालकले बताउन नचाहेपछि अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएका छन् । मृतकको शव आजै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने तयारी छ ।