काठमाडौं–कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक विना निश्कर्ष सकिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकमा विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको हो ।


ADVERTISEMENT

# # #


नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुङग्याउने विषयमा कुराकानी भएको माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि प्रतिकृया दिँदै नेता श्रेष्ठले भने ‘ पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भयो, एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भयो ।’

यसअघि पार्टी एकताका लागि विधान मस्यौदा र राजनीतिक कार्यदल गठन गरी एकताको आधार तयार गर्न दुवै दलका नेताहरुलाई जिम्मेवारी दिइएको थियो । उक्त कार्यदलले खासगरी तीनवटा विषयमा सहमति जुटाउन नसकेपछि त्यसको जिम्मा एकता समितिलाई दिएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै विवादित विषयमा सहमति खोज्ने नेताहरुले बताउदै आएका थिए । प्रधानमन्त्री केपी ओली शुक्रबार तीन दिने भारत भ्रमणमा जादैछन् । उनी २५ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ ।