काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


ADVERTISEMENT


चैत २१ गते बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकपछि चारै जना नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतवीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौमा विरोध प्रदर्शन गर्ने र बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेको जनाएका छन् ।

त्यसैगरी चारवटै पार्टीले शान्तिपुर्ण संगठन र भेलामा सरकारी दमनको विरोध गरेका छन् ।