काठमाडौं – साझा यातायातले कोटेश्वर–धुलिखेल बस सेवा सुरु गरेको छ । सर्वसाधारणको मागअनुसार यातायात व्यवस्था विभागको स्वीकृतिमा सेवा सुरु गरिएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए । साविकमा साँगा र सूर्यविनायक रुटमा चल्दै आएका साझाका १६ वटा बस धुलिखेलसम्म सञ्चालन गरिएको उनले जानकारी दिए ।


ADVERTISEMENT


मयूर यातायातले केही महिनाअघिबाट उक्त रुटमा बस सेवा सञ्चालन गरेकोमा स्थानीय बस समितिको विरोधका कारण बुधबार बिहानैबाट भक्तपुर–काठमाडौं यातायात सेवा प्रभावित छ ।


ADVERTISEMENT

# # #


साझा यातायातले रत्नपार्क–धुलिखेलको पनि रुट इजाजत लिने तयारी गरिरहेको अध्यक्ष दीक्षितले बताए । “सर्वसाधारणको मागलाई ध्यान दिँदै आजबाट सेवा सुरु गरेका हौं । रुट इजाजतका लागि विभागमा काम भइरहेको छ,” उनले भने ।