मोरङ– नेपाली काँग्रेस मोरङले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।


ADVERTISEMENT


पार्टीका गतिविधिलाई प्रचारप्रसार गर्न डेक्स स्थापना गरिन लागेको काँग्रेसले जनाएको छ । बिहीबार बसेको पार्टी बैठकले मोरङ काँग्रेसका प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको हो ।


ADVERTISEMENT

# # #


प्रेस युनियन आबद्ध पत्रकारहरूलाई यसमा समेटिएको छ । प्रेस युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदित, कौशल निरौला, कुमार लुइँटेल, कुमोद अधिकारी, विनोद सुवेदी र देवनारायण साहलाई सञ्चार डेक्समा राखिएको छ ।

पत्रकार कुमार लुइँटेललाई समाचार संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, पार्टीले उर्लाबारी, पथरी, बेलबारी र रङ्गेली क्षेत्रमा रहेका प्रेस युनियन आबद्ध पत्रकारहरूको प्रचारप्रसार उपसमिति गठन गर्ने पनि जनाएको छ । विभिन्न क्षेत्रमा रहेका पार्टीका गतिविधिहरू समेटियोस् भनेर सञ्चार डेस्क स्थापना गरिएको काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए ।

यस्तै, बैठकले त्रैमासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख रोहित कार्कीकै संयोजकत्वमा सात सदस्यीय सम्पादकीयमण्डल पनि गठन भएको छ । यसमा पत्रकारहरू मीनकुमार नवोदित, अनन्तराज न्यौपाने, शेखर रेग्मी, सुशीला पाठक र तारा आचार्य रहेका छन् । बुलेटिनमा काँग्रेसका हरेक गतिविधिहरू प्रकाशन गरिनेछ ।