काठमाडौं–मयूर यातायातलाई दिइएको रुट इजाजत खरेजीको माग गदै कोटेश्वर पूर्व यातायात समन्वय समितिले बुधबार सवारी चक्काजाम गरेको छ ।


ADVERTISEMENT


समितिले केहि दिन अघि नै चक्काजाम गर्ने र त्यति गर्दा पनि यातायात ब्यवस्था विभागले मयुर यातायातको रुट परमिट खारेज नगरे अझ सशक्त ढंगले अगाडी बढ्ने चेतावनी दिएका थिए । नयाँ बसका विरूद्ध यातायात व्यवसायी नै चक्काजाममा उत्रिएपछि यात्रीहरुले सास्ती ब्यहोर्नु परेको छ।


ADVERTISEMENT

# # #


आजको बन्दलाई पनि सरकारले वास्ता नगरे व्यवसायीहरु शुक्रबार अन्य विरोध कार्यक्रम घोषण गर्ने कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए । त्यस्तै, यो विषयमा राष्ट्रिय यातायात व्यवसायी महासंघले २६ गते भने देशभरका कार्यसमिती सदस्यलाई बोलाएर छलफल गरिने उनले बताएका छन् ।

यातायात व्यवस्था विभागबाट बुधवार दुई टोलि अनुगमनमा जाने विभागका सुचना अधिकारी तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार अनुगमन टोलिले ठ्रला सवारी साधनमा हुने अवरोधको अध्ययन गर्नेछ ।

‘व्यवसायीले गाडी नचलाए भनेर तत्काल हामीले केही गर्न सक्दैनौ । धेरै दिन यस्तै काम भइरह्यो भने रुट परमिट खारेज गरेर नयाँलाई दिनेसम्म हाम्रो अधिकार छ,’ उनले भने, ‘आज भएको चक्का जाममा भने अन्य सवारी साधनलाई क्षती नहोस् भन्नका निम्ति स्थानिय प्रशाशनले शान्ति सुरक्षा प्रदान गर्ने छ।’

मयूर यातायातले गत चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा बस सञ्चालनमा ल्याएको थियो । यी बस चक्रपथ परिक्रमा गर्दै बनेपासम्म गुड्छन् ।

बसमा वाईफाई तथा टिभीको सुविधा समेत रहेको छ। त्यस्तै, बसले अपांग तथा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिइरहेको छ।