काठमाडौँ — मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ ।


ADVERTISEMENT


बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए। प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीरघुबीर महासेठ भ्रमणमा जाने छन् ।


ADVERTISEMENT

# # #


भ्रमण दलका अन्य सदस्यसहितको संख्या र नाम टुंग्याउने जिम्मा भने बैठकले प्रधानमन्त्रीलाई नै दिएको छ ।

यस्तै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ।

राज्यमन्त्री वाँस्कोटाका अनुसार बैठकले भुक्तानी ऐन तथा फर्छ्यौट विद्येयकलाई पनि स्वीकृत गरेको छ। यस्तै आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्त लागु हुने गरी थप गरिएको छ।