बनेपा– गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने बताएका छन् ।


ADVERTISEMENT


धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहसचिव रेग्मीले कानुनी अडचन बाहेकका सबै मापदण्ड अपनाएर सुरक्षा फौज परिचालन गरिने बताए। सुरक्षा प्रबन्ध मिलाउन, निर्वाचनमा राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न तथा कानुनी व्यवस्थालाई फितलो हुन नदिन र आफ्नो कार्यभार पूरा गर्न सहभागी सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


सरकारले सुम्पेको काम पूरा गर्न उच्च मनोवलका साथ राष्ट्रिय भावनाबाट ओतप्रोत भएर काम गर्न आवश्यक भएको उनले बताए।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले वैशाख ३१ गतै नै स्थानीय तहको निर्वाचान गर्नका लागि सुरक्षा खाका प्रस्तुत गरिसकेको जानकारी दिए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले सुरक्षा प्रणालीलाई तल्लो तहमा पुर्याउन आवश्यक रहेको बताए। भयरहित र त्रुटिरहित निर्र्वाचन सुरक्षा निकायका लागि चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।

गोष्ठीमा मध्यमाञ्चल क्षेत्रका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।