धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको छ ।


ADVERTISEMENT


घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।

पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।